फिल्म ‘माइतीघर’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माणपक्षले फिल्मका मुख्य कलाकारहरूलाई समावेश गर्दै पहिलो झलक ल्याएको हो।
फिल्मको फस्टलुकमा कलाकारहरूको पात्र चित्रण गर्न खोजिएको छ। फिल्मका मुख्य कलाकार धिरज मगर, उपासना सिंह ठकुरी, प्रकाश सपुत लगायत फिचर्ड छन्।
फिल्म ‘माइतीघर’ले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ। मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी छ।
रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको फिल्ममा चन्द्रकुमार दोङको कथा छ। फिल्ममा रामशरण पाठकको पटकथा तथा संवाद छ। यो फिल्म दशैंको फूलपातिको अवसर पारेर असोज १३ गतेबाट रिलिज हुँदैछ।
फिल्ममा केदार, धिरज, प्रकाश र उपासनासहित श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतको अभिनय छ।
Shares

प्रतिक्रिया