कला


कहिले रिलिज हुँदैछ अर्पण, बेनिशा र सृष्टि अभिनीत फिल्म ‘द ब्ल्यू लाइट’ ?

कहिले रिलिज हुँदैछ अर्पण, बेनिशा र सृष्टि अभिनीत फिल्म  ‘द ब्ल्यू लाइट’ ?

नेपालखबर
साउन ११, २०८२ आइतबार १५:१४, काठमाडौँ

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘द ब्ल्यू लाइट’ को पहिलो झलक सार्वजनिक भएको छ। टिजरसँगै फिल्मको प्रदर्शनमिति तोकिएको हो। यो फिल्म आगामी मंसिर १२ गते रिलिज हुनेछ।

टिजरमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरू प्रस्तुत छन्। आफ्नो बुवाको मृत्यु भएको सपना डराइडराई बुवालाई सुनाइरहेकी छोरी र उनलाई डरबाट बाहिर निकाल्न खोजिरहेको बुवाबाट पहिलो झलक सुरु हुन्छ। बुवाले छोरीलाई उनको डर दूर गराउन सपनामा मरेको देखेको मान्छेको आयु लामो हुन्छ भन्दै कन्भिन्स गर्छन् ।

त्यसपछि आफूलाई कमजोर भएको महसुस गरेपछि कठोर र सहासी बनाउन हतियार लिएर हिँडिरहेकी युवती र चाल सुनिरहेकी अर्की युवतीबीचको डर र डर हटाउन गरेको प्रयास छ।

टिजरमा बेनिशासँगै अपर्ण थापा र सृष्टि श्रेष्ठ छन्। तीनै जना तनावपूर्ण भावमा छन्। एंग्री लुक्समा रहेकी सृष्ठि श्रेष्ठको हातमा आलो रगत लतपतिएको बन्चरो छ। उनले भर्खरै बन्चरो कसैमाथि प्रहार गरेको अनुमान लगाउन सकिन्छ ।

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन्। प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक समेत रहेका चौहानकोको यो डेब्यु फिल्म हो।

यस फिल्ममा बेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानीको अभिनय छ। चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad