सेयरबजारमा मूल्य बढेर चम्किरहेको ग्रिन डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको नाफामा पनि उछाल आएको छ।
आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरणमा बैंकले ७९.५२ प्रतिशतले खुद नाफा बढाएको हो।
अघिल्लो आर्थिक वर्षमा ३ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको बैंकले गत आवमा भने ६ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको हो।
बैंकले गत आवमा ब्याज आम्दानीमार्फत २० करोड खुद सञ्चालन नाफा गरेको छ। अघिल्लो वर्ष बैंकले यस्तो नाफा १७ करोड मात्रै गरेमा गत आवमा बैंकको नाफा बढेको हो।
योबाहेक बैंकले खुद सञ्चालन मुनाफा पनि १६ करोडबाट बढेर २२ करोड रुपैयाँमा पुगेको छ। अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खराबकर्जा रेसीयो ३.३३ प्रतिशतमा छ।
बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १८ पैसा छ भने नेटवर्थ १२२.११ रुपैयाँ पुगेको छ।
63
Shares

प्रतिक्रिया