अन्तरजातीय प्रेमकथामा फिल्म ‘जदौ’ को निर्माण घोषणा गरिएको छ। बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमबीच टाइटल अनावरणसँगै निर्माण घोषणा गरिएको हो।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित कविता ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ वाचन गर्दै ‘जदौ’ को टाइटल अनावरण गरे। यस फिल्मको छायांकन भदौबाट सुरु हुनेछ।
काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा यो फिल्म बन्न लागेको हो। सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहेको छ।
निर्देशक अञ्जन शर्माले समाजका यथार्थ घटना,जनजीवनलाई मनोरञ्जनात्मक रुपले पर्दामा पस्कने बताए। लेखकसमेत रहेका निर्देशक काजी लिम्बूले आफूले बर्षौदेखि देखि भोगेर आएका वास्तविक जातीय विभेदका घटना, प्रसंगलाई ‘जदौ’ मा बुन्ने प्रयास गरेको सुनाए।
यस फिल्ममा मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, ऋचा शर्मा,अनिल सुब्बा, सीपी पुडासैनी (धतुरे) लगायतको अभिनय रहनेछ। दाङ र प्युठानका विभिन्न स्थानमा यो फिल्म खिचिने छ।
Shares

प्रतिक्रिया