राजनीति


नारायणगढ-बुटवल र दाउन्ने सडकको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे

नारायणगढ-बुटवल र दाउन्ने सडकको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे

नेपालखबर
साउन २, २०८२ शुक्रबार १३:२५, काठमाडौँ

नेकपा (एमाले) का सांसद ठाकुर गैरेले कलंकी-महाराजगञ्ज-चक्रपथ स्तरोन्नति गर्दा अन्य ठाउँका सडकको अवस्थाबाट पाठ सिक्नुपर्ने बताएका छन्। 

शुक्रबार पूर्वाधार विकास समितिको बैठकमा धारणा राख्दै सांसद गैरेले नाराणगढ–बुटवल सडक खण्डमा विगतमा धेरै नै सास्ती खेप्नुपरेको र अहिले त्यही प्रवृत्ति दाउन्ने क्षेत्रमा दाहोरिएको भन्दै यसबारे सचेत रहन आग्रह गरेका हुन्।

उनले उक्त सडक खण्डको काममा सरकारको निकै आलोचना भएको उल्लेख गर्दै चक्रपथ स्तरोन्नती गर्दा त्यो प्रवृत्ति दोहोरिन नदिन सचेत गराए। उनले चक्रपथ निर्माणलाई शुरुदेखि अन्त्यसम्म उत्कृष्ट ढंगले काम गरेर उदाहरण प्रस्तुत गर्नुपर्ने बताए।

वर्षौंपछि चक्रपथ निर्माणले गति लिनु सकारात्मक भएको उल्लेख गर्दै उनले वसुन्धरा क्षेत्रको समस्या समाधान गर्न पनि सरकारसँग आग्रह गर्नुभयो। यदि चिनियाँ सरकारकै सहयोग अन्तर्गतको प्रोजेक्टमा वसुन्धरा क्षेत्रको तीनसय मिटर क्षेत्रलाई समेट्न नसके सरकारले अरु स्रोत जुटाएर भएपनि पूरा गर्नुपर्ने धारणा राखे।

सांसद गैरेले तोकिएकै समयमा सम्पन्न हुने र एउटा राम्रो सन्देश दिने हिसाबले काम गर्न आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad