फिल्म ‘भाइटीका’ मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्। उनी यस फिल्ममा मुख्य भूमिकामा देखिनेछन्।
यसवर्ष सुपरहिट फिल्म ‘ऊनको स्वीटर’ दिएसँगै कार्कीले नयाँ फिल्म साइन गरेका हुन्। यस फिल्ममा उनी मुनाफा साझेदारको रुपमा जोडिएका हुन्।
पछिल्लो समय कलाकारले मंहगो पारिश्रमिक लिन थालेको चर्चाबीच अभिनेता मुनाफा साझेदारको रुपमा जोडिएका हुन्। जसलाई सिनेमावृत्तमा सकरात्मक रुपमा हेरिएको छ।
रोहित अधिकारीको लगानीमा बन्ने फिल्मलाई दीपक वलीले निर्देशन गर्नेछन्। फिल्मको पटकथा भने महेश दवाडीको रहेको छ।
यस फिल्मले दिदीभाईको कथालाई समेटनेछ। जहाँ विपिनले दाईको भूमिकामा देखिनेछन्। यसैवर्ष छायांकन गरिने फिल्मको प्रदर्शन भने आगामी वर्षको तिहारको अवसरमा गरिने योजना छ।
33
Shares

प्रतिक्रिया