कला


यी दुई नेपाली र एक अंग्रेजी फिल्म आजदेखि हलमा

यी दुई नेपाली र एक अंग्रेजी फिल्म आजदेखि हलमा

नेपालखबर
जेठ २, २०८२ शुक्रबार ९:४७, काठमाडौँ

आज शुक्रबार नेपाली सिनेमाहलमा दुई नेपाली र विदेशी फिल्म प्रदर्शन सुरु भएका छन्।

नेपालीतर्फ ‘के घर के डेरा:घर नं २’ र ‘हेल्लो काँशीराम’ रिलिज भएका हुन् भने हलिउड फिल्म ‘फाइनल डेस्टिनेसन:ब्लडलाइन’ पनि प्रदर्शनमा आएको हो। 

दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा:घर नं २’ ले घर र डेराको कथा भन्छ।

फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्। उनको यो पहिलो स्क्रिप्ट हो।

यस फिल्ममा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सिर्जना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ।

त्यसैगरी दिलीप रायमाझी अभिनीत ‘हेल्लो काँशीराम’ पनि आजदेखि हलमा लागेको छ।

रिम विश्वकर्माको लेखन र निर्देशनमा बनेको फिल्मले बेरोजगार युवाको कथा भन्छ।

ज्याक लिपोभस्कीएडम र बी स्टेन निर्देशित ‘फाइनल डेस्टिनेसन:ब्लडलाइन’ बहुप्रतिक्षित फिल्म थियो।

हरर जनरामा निर्माण भएको यस फिल्ममा ब्रेक बासिङ्गर, टोनी टोड र रिचर्ड हार्मोनको मुख्य भूमिका छ।

यस फिल्मले नेपालभरि पहिलो दिनका लागि १०७ शो पाएको छ।

त्यस्तै, ‘के घर के डेरा: घर नम्बर २’ले १६२ शो पाउँदा ‘हेलो काँशीराम’ले ४५ शो पाएको छ।

यसैबीच आज प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको ‘ऊनको स्वीटर’ ले ११५ शो पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad