कला


सातौँ दिन पनि ‘ऊनको स्वीटर’को आक्रामक व्यापार, दर्शक भेट्ने योजनामा कलाकार

सातौँ दिन पनि ‘ऊनको स्वीटर’को आक्रामक व्यापार, दर्शक भेट्ने योजनामा कलाकार

नेपालखबर
जेठ १, २०८२ बिहिबार १४:५१, काठमाडौँ

नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ ले आक्रामक व्यापार गरिरहेको छ। रिलिजको छैटौँ दिन बुधवार देशभरका हलहरूमा दर्शकको अत्यधिक भीड देखिएको थियो।

देशभरिका हलबाट ३५० भन्दा बढी शोहरूमा प्रदर्शन भएको र अधिकांश शोहरू हाउसफुल भएको छ।

कतिपय हलहरूमा ‘डिल डे’ परेको अवसरमा दिनभर नै हाउसफुल शो चलेको वितरकको भनाइ छ। उनका अनुसार अधिकांश शोहरू भरिभराउ रहेकाले व्यापार राम्रो भएको अनुमान गरिएको छ । 

यद्यपि, केही हलबाट अझै पूर्ण रिपोर्ट नआएकाले विस्तृत कलेक्सन चाँडै सार्वजनिक गरिने जनाइएको छ।

चलचित्रको हालै सार्वजनिक भएको नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। रिलिजको तेस्रो दिन सार्वजनिक भएको यो गीतले श्रोतामाझ निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। 

यसअघि रिलिज भएका गीतहरू ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ पनि करोडौँ दर्शकको मन जित्न सफल भइसकेका छन्।

सातौँ दिन बिहीबार पनि हलमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ। अहिले काठमाडौं उपत्यकाका विभिन्न हलहरूमा कलाकारहरू दर्शकमाझ साक्षात्कार गरिरहेका छन्। दोस्रो हप्ताबाट भने देशव्यापी भ्रमण सुरु हुने भएको छ।

निर्देशक नवीन चौहानका अनुसार दमौलीबाट सुरु हुने भ्रमण पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्नेछ। भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ, र निर्देशक स्वयं सहभागी हुनेछन्।

नवीन चौहानको लेखन रहेको यस फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad