कला


‘बिगुल’ को मुहुर्तमा बेनीशाले उडाइन् परेवा

‘बिगुल’ को मुहुर्तमा बेनीशाले उडाइन् परेवा

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १८:१६, काठमाडौँ

अक्षय तृतियाको शुभ अवसर पारेर फिल्म ‘बिगुल’ को कोटेश्वर महादेवस्थानमा शुभु मुहूर्त गरिएको छ। रमेश कोइरालाको निर्देशनमा बैशाख तेश्रो साताबाट छायांकन सुरु गरिने ‘बिगुल’ को मुहूर्त सटमा बेनिशा हमाल र नरेन खड्काले अभिनय गरेका थिए।

समाजीक जागरण,समसामयिक राजनीति,आमनागरिकको कर्तब्य र जिम्मेवारी बोधका साथमा प्रचुर मनोरञ्जनले भरिने बताइएको ‘बिगुल’ को मुहुर्त सटमा चलचित्र बिकास बोर्डका पूर्व सदस्य राजेन्द्र केसीले क्यामेरा स्वीच अन गरेका थिए भने निर्देशक प्रदिप श्रेष्ठले क्ल्याप हानेका थिए। चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको मुहूर्तमा निर्देशक सुचित्रा श्रेष्ठले नरिवल फोडेकी थिइन्।

अभिनेता नरेनले समाज जागरणको बिगुल स्वरुपको संवाद बोलेका थिए भने संवादसँगै अभिनेत्री बेनीशाले स्वतन्त्रता र शान्तिको प्रतिक स्वरुप एक जोडी परेवा उडाइएकी थिइन्।

दिनेश कोइरालाको कथा रहेको फिल्ममा मौनता श्रेष्ठको पटकथा र सम्वाद रहेको छ। कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा महेश कोइराला र सूर्यकान्त कोइराला छन्। यस फिल्मलाई  शिब ढकालले खिच्ने छन्।

म्याग्नोलिया ग्रुपको ब्यानरमा रहेको फिल्ममा नरेन र बेनीशासहित नीर शाह,रमेश बुढाथोकी,गीता अधिकारी,हेमन्त बुढाथोकी,जेएन घिमीरे,सुमोद भारद्वाज,बिनयराज पौडेल,सुपा खनाल,बबि भारती,तुलसी लम्साल,जयन्त रेग्मी,बिकास अधिकारीका साथमा बालकलाकार श्रेयान्सी थपलीयाले रहनेछ। फिल्मको सुटिङ चितवनबाट सुटिङ सुरु गरिनेछ।
 
फिल्मका गीतमा नेपाली काग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ। कविराज गहतराजको कोरियोग्राफी रहने फिल्मको निर्माण ब्यबस्थापकमा श्याम केसी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad