पाल्पाको माथागढि गाउँपालिका– ४ झडेवा स्थित जंगलको खोल्सामा स्थानीय ४९ वर्षका रेशम राज सार्की मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ४/५ दिन अगाडि आफन्तको घरमा गएका सार्की १६ गते आफन्तको घरबाट फर्केको र साँझसम्म पनि घरमा नआएको हुँदा खोजतलास गर्ने क्रममा आज १७ गते उक्त स्थानमा मृत फेला परेका हुन्।
प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको प्रहरीले जनाएको छ।
उक्त घटना सम्बन्धी थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ।
69
Shares

प्रतिक्रिया