बलिउड जोडी ऐश्वर्या राय र अभिषेक बच्चनले विवाह गरेको १८ वर्ष पूरा भएको छ।
अप्रिल २० मा आफ्नो विवाह वार्षिकोत्सवको अवसरमा ऐश्वर्याले अभिषेक र आराध्यासँग मनाउँदै गरेको तस्बिर सार्वजनिक गरेकी छन्।
जुन तस्बिर किन विशेष छ भने ऐश्वर्या रायले एक वर्षको अन्तरालमा अभिषेकसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्।
दोस्रो कारण के हो भने केही समयअघि यो जोडी सम्बन्ध विच्छेदको हल्लाका कारण समाचारमा छाएको थियो।
फिल्मजस्तै थियो ऐश्वर्या-अभिषेकको प्रेमकथा

ऐश्वर्या राई र अभिषेक बच्चनले ‘ढाई अक्षर प्रेम के’ र ‘कुछ ना कहो’जस्ता फिल्ममा सँगै काम गरेका थिए, जहाँ उनीहरू साथी बने।
सन् २००२ को कुरा हो। अभिषेक बच्चनले करिश्मा कपुरसँग इन्गेजमेन्ट गरेका थिए। तर यो इन्गेजमेन्ट केही महिनामै टुट्यो। अर्कातर्फ ऐश्वर्या रायले पनि विवेक ओबेरोयसँग ब्रेकअप गरेकी थिइन्।
रिपोर्टहरू विश्वास गर्ने हो भने दुवैले फिल्म धूम २ को छायांकनका क्रममा एकअर्कालाई मन पराउन थालेका थिए। पछि उनीहरूले बन्टी और बबलीको गीत कजरा रे र मणिरत्नमको फिल्म गुरुमा सँगै काम गर्ने मौका पाए, जसका कारण दुईबीच निकटता बढ्यो।
अभिषेक बच्चनले एक अन्तर्वार्तामा बताएअनुसार फिल्म गुरुको प्रिमियर थियो। चिसोमा प्रिमियर सकेर उनीहरू दुवै जना बालकनीमा उभिरहेका थिए। यसैबीच अचानक अभिषेकले ऐश्वर्यालाई सोधे- तिमी मसँग विवाह गर्छौ? ऐश्वर्याले पनि तुरुन्तै जवाफ दिइन्- हुन्छ।
फिल्म गुरु १२ जनवरी २००७ मा रिलिज भएको थियो र अभिषेक-ऐश्वर्याले १४ जनवरी २००७ मा आफ्नो इन्गेजमेन्ट घोषणा गरेका थिए। उनीहरूबीच २० अप्रिल २००७ मा विवाह भएको थियो।
Shares

प्रतिक्रिया