महानायक राजेश हमाल बेलायत जाने भएका छन्। २७ अप्रिलमा माया इभेन्टले ह्यारो लेजर सेन्टरमा अयोजना गर्न लागेको लाफ्टर फर लाइफ कार्यक्रममा सहभागी हुन हमाल बेलायत जान लागेका हुन्।
प्राय दुई–तीन डायलग र एक–दुई नृत्यमा सिमित प्रस्तुती दिने हमालले यसपटक दर्शकका लागि भने फरक प्रस्तुतीका साथ 'स्ट्याण्ड अप कमेडी' गर्ने भएका छन्।
कार्यक्रममा सहभागी हुन महानायकसँगै कमेडियन सन्दीप क्षेत्री र अतृप्त व्याण्डका साथमा नवीन के.भट्टराईले नयाँ पुराना गीत प्रस्तुत गर्नेछन्। स्ट्याण्ड अप कमेडीको लागि हमाललाई क्षेत्रीले साथ दिने छन् ।
साथै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको माया इभेन्टका निर्देशक राज पाण्डेले जानकारी दिए।
उनका अनुसार कार्यक्रममा सहभागी हुने सबै कलाकारहरुको युकेको भिसा पाइसकेका छन्। खुसी जीवनयापनका लागि हाँसो महत्वपूर्ण थेरापी भएकोले विदेशको व्यस्त जीवनबाट केही समय निकालेर भए पनि हाँस्ने रमाउने उदेश्यले यस किसिमको कार्यक्रम आयोजना गरेको आयोजक डा. रक्षा थापाले बताइन्।
१२ सय दर्शक क्षमता भएको हलमा आयोजना हुन गइरहेको कार्यक्रममा कमेडी, कन्सर्ट तथा खानपिनको समेत प्रबन्ध भएको मिलाइएको छ।
Shares

प्रतिक्रिया