कारोबार


झण्डै ८ अंकले घटेपछि २७ सयबाट झर्‍यो सेयरबजार

झण्डै ८ अंकले घटेपछि २७ सयबाट झर्‍यो सेयरबजार

नेपालखबर
बैशाख ८, २०८२ सोमबार १५:२७, काठमाडौँ

सेयरबजारमा साताको दोस्रो कारोबार दिन ७.७५ अंकको गिरावट आएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से उक्त अंकले घटेर २७ सय विन्दुबाट तल झरेको हो। 

२६९८.२८ विन्दुमा थामिएको बजारमा आज सोमबार ८ अर्ब ७७ करोडको सेयर कारोबार भयो। कुल २ करोड १२ लाख कित्ता सेयर बिक्रीमा सो कारोबार भएको हो। 

यस दिन ११२ वटा सेयरको मूल्य बढ्दा १३३ वटाको भने घट्न पुग्यो। एउटा सेयर अघिल्लो मूल्यमै कारोबार भयो। 

सबैभन्दा बढी सोमबार नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ९.९९ प्रतिशत कमाए। यसबाहेक क्रेस्ट माइक्रो लाइफका सेयरधनीले ९.९९ प्रतिशत नै कमाउादा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि ९.८८ प्रतिशत प्रतिसेयर आम्दानी गरे। 

त्यसैगरी युनिभर्सल पावर कम्पनी र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले क्रमशः ९.८० र ९.०७ प्रतिशत कमाएका छन्। 

तर आज गुडविल फाइनान्सको डिबेन्चरमा लगानी गरेका सेयरधनीले भने ७.७५ प्रतिशत गुमाउनुपरेको छ। यसबाहेक एनएमबी हाइब्रिड फन्डका लगानीकर्ताले पनि ७.७ प्रतिशत गुमाएका छन्। 

कम्पनीतर्फ नेपाल एसबीआई बैंकको सेयर ४.१७ प्रतिशतले, विन नेपाल लघुवित्तको ४.०२ प्रतिशतले र ग्रिन डेभलपमेन्ट बैंकको सेयर ३.९६ प्रतिशतले घटेको छ। 

कारोबारमा आज ङादी ग्रुप पावरको ५३ करोड, युनिभर्सल पावरको ५२ करोड, हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्टको ४३ करोड, हिमालयन पावर पार्टनरको ३५ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३१ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad