कला


‘सिनेमाघर’मा एकसाथ रिलिज भए  ‘बोक्सीको घर’ र ‘मनसरा’

‘सिनेमाघर’मा एकसाथ रिलिज भए  ‘बोक्सीको घर’ र ‘मनसरा’

नेपालखबर
बैशाख १, २०८२ सोमबार १४:६, काठमाडौँ

ओटिटी प्लेटफर्म ‘सिनेमाघर’ले नयाँ वर्ष २०८२ को अवसरमा दुई ब्लकबस्टर चलचित्रहरू ‘बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ स्ट्रिमिङ गरेको छ। नेपालमा हलमा हेर्न नपाएका र विदेशमा रहने नेपालीहरूलाई लक्षित रिलिज गरिएको हो।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको ‘बोक्सीको घर’ले नेपाली समाजमा विद्यमान ‘बोक्सी’ भन्ने कुप्रथालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ। 

यस फिल्ममा अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छिन्, जसमा उनले बोक्सीको आरोप खेप्नुपरेकी एक महिलाको पीडादायी अनुभवलाई जीवन्त रूपमा प्रस्तुत गरेकी छन्। यो चलचित्र २०८१ वैशाख १४ गते हलमा प्रदर्शनमा आएको थियो र ५१ औँ दिनसम्म प्रदर्शनमा रही व्यावसायिक रूपमा सफल भएको थियो। 

यस्तै, उपेन्द्र सुब्बाको निर्देशनमा बनेको ‘मनसरा’ चलचित्रले ग्रामीण जीवनको संवेदनशील पक्षहरूलाई उजागर गरेको छ। यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान, र प्रवीण खतिवडाले मुख्य भूमिका निर्वाह गरेका छन्। 

यो चलचित्र २०८१ साल वैशाख २१ गते हलमा रिलिज भएको थियो । यस चलचित्रमा काठ क्षेत्रका गरिखाने वर्ग र उनीहरूको सम्बन्धको आयामलाई देख्न सकिन्छ।

‘सिनेमाघर’ नेपालकै अग्रणी ओटिटी प्लेटफर्म हो, जसले नेपाली चलचित्रहरूलाई डिजिटल माध्यमबाट दर्शकहरूसम्म पुर्‍याउने कार्य गर्दै आएको छ। यस प्लेटफर्मले नेपाली चलचित्र उद्योगलाई डिजिटल युगमा प्रवेश गराउने महत्त्वपूर्ण भूमिका खेलेको छ। सिनेमाघरको एप एन्ड्रोइड र आइओएस मोबाइलहरू, स्मार्ट टिभीमा उपलब्ध छ भने ल्यापटप तथा डेस्कटपमा वेब ब्राउजरमार्फत प्रयोग गर्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad