खेल


यू–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित, ओमान ८ विकेटले पराजित

यू–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित, ओमान ८ विकेटले पराजित

यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ (क्यान)


नेपालखबर
बैशाख १, २०८२ सोमबार १४:१५, काठमाडौँ

यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। 

सोमबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो। 

३८औँ ओभरमा ११७ रन बनाउँदा ओमान अलआउट भएपछि नेपालले ११८ रनको लक्ष्य पाएको थियो। जुन १४.३ ओभरमा मात्रै २ विकेटको क्षतिमा पूरा गर्यो। 

नेपालको जितमा ओपनर शाहिल पटेल र निरजकुमार यादवले उत्कृष्ट ब्याटिङ गरे। पटेलले ४२ बलमा ४४ र यादवले ३१ बलमा ४६ रनको योगदान गरे। नरेन भट्ट १२ तथा सन्तोष यादव १० रनमा अविजित रहे।

ओमानका सौम्या भाविन सम्पतले २ विकेट लिए। 

त्यसअघि युवराज खत्रीको घातक बलिङसामु ओमान निर्धारित ५० ओभरसम्म पनि टिक्न सकेन। 

सिद्धार्थ सौवण्र्य शंकरले १६, रिषभ गुप्ता ९, जित व्रजेश शाह ५२, सौम्य भविन सम्पत ८, राहिल दानियल हबिबुल्ला १, प्रतिश हेमा रमेश १०, नितिश नदेन्ड्ला ४, पुलाडिथ ओमिदु मेदागोदा रालालागे ० रनको योगदा गरे। नटआउट रहेका कविश राजेशकुमार शाहले ९ रन बनाउँदा यरशेठ साई दिनेश ४ र विज्ञेश कार्तिकेयनले ० रन बनाए। 

नेपालका युवराज खत्रीले ५ विकेट सन्तोष यादवको नाममा २ विकेट रह्यो। दयानन्द मण्डल, अपराजित पौडेल र अशोक धामीले समान १÷१ विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा आइतबार युएईलाई पराजित गरेको थियो।

सबै तस्बिर : क्यान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad