कला


प्रदर्शनमा आयो प्रकाश र स्वस्तिमा अभिनीत फिल्म ‘वसन्त’

प्रदर्शनमा आयो प्रकाश र स्वस्तिमा अभिनीत फिल्म ‘वसन्त’

नेपालखबर
चैत २२, २०८१ शुक्रबार ११:१४, काठमाडौँ

आज शुक्रबार सिनेमा हलहरुमा नेपाली फिल्म ‘वसन्त’ प्रदर्शनमा आएको छ। प्रकाश सपुतको डेब्यु निर्देशकीय फिल्म ‘वसन्त’सहित विदेशी फिल्म ‘अ माइनक्राफ्ट मुभी’ हलमा लागेका हुन्।

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा बनेको सोसल ड्रामा ‘वसन्त’ को कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन्। 

यस फिल्ममा प्रकाससहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय छ।

विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न संघर्षको कथा फिल्मले समेटेको छ। 

सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन्।

त्यसैगरि, हलिउड फिल्म ‘अ माइनक्राफ्ट मुभी’ एक्सन, कमेडी र एडभेन्चर जनरामा बनेको हो। जारेड हेस निर्देशित यस फिल्ममा जेनिफर कुलिज, जेसन मोमोआ, एम्मा मायर्स मुख्य भूमिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad