कला


सुरु भयो फिल्म ‘अभिमन्यु’को सुटिङ

सुरु भयो फिल्म ‘अभिमन्यु’को सुटिङ

नेपालखबर
चैत १९, २०८१ मंगलबार १४:३९, काठमाडौँ

फिल्म ‘अभिमन्यु’को शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ।

निर्माण पक्षले आज कीर्तिपुरमा चलचित्रको पूजा गर्दै सुटिङ थालेको हो। 

शुभमुहूर्तमा चलचित्रका अधिधकांश मुख्य कलाकार उपस्थित थिए। 

मुहूर्त सट लिइएसँगै सिनेमाको छायांकन सुरु गरियो।

‘अभिमन्यु’मा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन्।

निर्माता विनोद पौडेलले सिनेमाको पात्रअनुसार बलियो लाइनअप तयार गरिएको बताए।

सेभेन सिज सिनेमाको प्रस्तुति रहने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो।

सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता पौडेलका अनुसार ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ।

चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ।

पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको सिनेमाको मुख्य कथा भएको बताइएको छ।

मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन्। थापाले यसअघि चलचित्र ‘बाटो: रोड टु डेथ’ निर्देशन गरेका थिए।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाई र हरि श्रेष्ठ सहनिर्माता छन्।

‘अभिमन्यु’मा शरद महतोको डीओपी रहनेछ। यो चलचित्र विश्वभर एकसाथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad