कला


‘आउट लः दफा २१९’ समावेश भिटेनको गीत ‘हामी यस्तै त हो नि ब्रो’ सार्वजनिक

‘आउट लः दफा २१९’ समावेश भिटेनको गीत ‘हामी यस्तै त हो नि ब्रो’ सार्वजनिक

नेपालखबर
चैत ५, २०८१ मंगलबार २१:५२, काठमाडौँ

हलमा प्रदर्शनरत फिल्म ‘आउट लः दफा २१९’मा र्यापर भिटेनको गीत ‘हामी यस्तै त होनी ब्रो’ समावेश गरिएको छ। फिल्म ‘आउट लः दफा २१९’मा समावेश यो गीत हलमा फिल्म लागेको पाँच दिनपछि निर्माणपक्षले सार्वजनिक गरेको हो।

सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरू सोनु लागुन, सुमन भण्डारी लगायतलाई देख्न सकिन्छ। यो गीतको भिडिओलाई डिस्कोमा खिचिएको छ। यो फिल्मको निर्माणपक्षले भिटेनसँग यो गीतको अधिकार नै खरिद गरेर फिल्ममा समावेश गरेको हो।

विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमीत अग्रहरि र निशा गुइडेको लगानी छ। फिल्ममा विक्की महर्जन र दीर्घ धामीको पटकथा छ। नवीन गुरुङले खिचेको फिल्ममा चुल्ठे काजीको एक्सन छ। यो फिल्ममा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ।

दर्शकहरुबाट सुखद प्रतिक्रिया पाइरहेको यस फिल्मले ४ दिनमा २ करोड ३ लाख कमाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad