फागुन २९ गतेबाट रिलिज हुने फिल्म ‘आउटलः दफा २१९’ लाई चलचित्र जाँच पास समितिले ‘पीजी सर्टिफिकेट’ दिएको छ। अब, यो फिल्म १६ वर्ष मुनिका बालबालिकालाई बाबुआमाको साथमा हेर्नुपर्नेछ।
यो फिल्मलाई क्यूएफएक्स, बीग मुभिज, आई एन आई, वान सिनेमाज्, एफक्यूब लगायतका मल्टिप्लेक्सहरुले सुखद शो दिएका छन्। भोलि फागूपूर्णिमा भएकाले गर्दा बिहानी शोज उपलब्ध छैन। मध्यान्नबाट भने दर्शकले देशभरका हलमा फिल्म हेर्न पाउनेछन्।
एक्सन जनरामा निर्माण भएको यो फिल्म विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको हो। फिल्मलाई अमित अग्रहरिले निर्माण गरेका हुन्।
यस फिल्ममा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरुको अभिनय छ। फिल्मको जापान र कतारबाट पनि निकै राम्रो प्रतिक्रिया आएको निर्माण पक्षले जनाएको छ। निर्माणपक्षले फिल्म सेन्सरका लागि फाइल जापान र कतार पठाएको छ।
फिल्मको ट्रेलरले दर्शकको ध्यान खिचेका कारण पनि यसले सुखद् ओपनिङ गर्ने विश्वास निर्माण पक्षको छ।
Shares

प्रतिक्रिया