कला


आइफाद्वारा कानुनी उपचार खोज्ने चेतावनी

आइफाद्वारा कानुनी उपचार खोज्ने चेतावनी

नेपालखबर
असार २०, २०७६ शुक्रबार ११:२८,

इन्टरनेशनल इण्डियन फिल्म एकेडमी अवार्ड (आइफा) नेपालमा गर्नेबारे आयोजक संस्था विजक्राफ्ट इन्टरनेशनलले पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएको छ। नेपालमा हुने भनिएको अवार्ड स्थगित गरिएको अवस्थामा उसले कानुनी उपचार खोज्ने चेतावनी दिएको छ।

'जारी छलफलको विषयलाइ नेपालका सरकारी अधिकारीहरूले सार्वजनिक गरेका छन् त्यसले हाम्रो संस्थालाइ कानुनी उपचार खोज्न बाध्य पारेको छ', विज्ञप्तिमा भनिएको छ। नेपालमा अवार्ड हुँदा नेतृत्व गर्ने भनेको संस्था पर्यटन बोर्डले संसदीय समितिमा विजक्राफ्टले पठाएको प्रस्ताव सार्वजनिक गरेको थियो।

२० औं संस्करणको अवार्ड समारोह आयोजनाका लागि नेपालसहित धेरै देशले प्रस्ताव पठाएको विज्ञप्तिमा उल्लेख छ।

‘सन् २०१९ को आइफा अवार्ड आयोजना गर्न चाहने ती देशहरुमध्ये नेपाल एउटा हो। तर आइफाको २० औँ संस्करण नेपालमा गर्नेबारे अहिलेसम्म औपचारिक निर्णय भएको छैन। पछिल्ला क्रियाकलापमा आइफा संलग्न छैन’, विजक्राफ्टले भनेको छ। यही कारण अगामी संस्करणबारे हालसम्म आइफाले कुनै जानकारी वा भिडियो बनाउन नसकेको उसले प्रस्ट पारेको छ।

अवार्ड समारोह काठमाडौंबाहेक नेपालका अन्य स्थानमा पनि गर्न सकिने उसले उल्लेख गरेको छ। 

विजक्राफ्टका अन्तर्राष्ट्रिय निर्देशक आन्द्रे टिमिन्सद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अवार्ड आयोजना गर्ने विषयमा कुनै सहमति नजुट्दै नेपालको संसदीय समितिसम्म कुरा उठ्नु असामान्य हो।’

‘दुई पक्षबीच सहमति नजुट्दै नेपालमा यस विषयमा धेरै चर्चा भयो। हामी कानुनी रुपमा अघि बढ्छौँ’, विज्ञप्तिमा भनिएको छ।

बलिउडको फिल्म अवार्ड आइफा नेपालमा गर्न सरकारले ठूलो रकम खर्च गर्न लागेको सार्वजनिक भएपछि त्यसको चर्को विरोध भएको थियो। संसदका्े अन्तर्राष्ट्रिय सम्बन्ध समितिले राष्ट्रको ढुकुटी (झन्डै १ अर्ब) खर्च गरेर विदेशी कार्यक्रम नगर्न सरकारलाई निर्देशन दिएको थियो।

चौतर्फी विरोध र संसदीय समितिको निर्देशनपछि पर्यटन बोर्डले नेपालमा आइफा अवार्ड स्थगित गरिएको जनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad