भारतले विदेशी पुस्तकमा ५ प्रतिशत भन्सार कर लगाउने भएको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमनले शुक्रबार लोकसभामा प्रस्तुत गरेको बजेटमा उक्त कुरा समेटिएको छ।
स्थानीय मुद्रन व्यवसाय तथा प्रकाशन संस्थालाई प्रोत्साहन गर्न भन्दै आगामी आर्थिक वर्षदेखि विदेशमा छापिएर भारत आउने विदेशी लेखक तथा प्रकाशन गृहका पुस्तकमा भन्सार कर लगाउने घोषणा भएको हो।
यसअघि नेपालमा पनि विदेशबाट आउने पुस्तकमा १० प्रतिशत कर ल्याउने घोषणा बजेटमार्फत गरिएको थियो। जसको चोतर्फी विरोध भइरहेको छ।
भारतमा समेत ५ प्रतिशत कर लगाउने विषयमा विरोध सुरु भएको छ। लेखक तथा केही प्रकाशन गृहले सामाजिक संजालमार्फत आपत्ति जनाएका छन्।

प्रतिक्रिया