हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगुन ज्वेलर्स प्रजेन्टस्स मिसेस भोग नेपाल–२०२५’को उपाधि सुमी मल्लले जितेकी छिन्।
बुधबार राति बौद्धस्थित बौद्ध हेरिटेजमा आयोजित प्रतियोगितामा मल्लले ‘मिसेस भोग नेपाल–२०२५ ब्राण्ड एम्बासडर’को उपाधि जितेकी हुन्। रुथ सिवाकोटीले कमर्सियल एम्बासडरको उपाधि जित्न सफल भइन्।
त्यसैगरी, सञ्जु श्रेष्ठले फर्स्ट रनरअप, प्रिया खड्गीले सेकेण्ड रनरअप तथा स्वेता बज्राचार्यले थर्ड रनरअप घोषित भए।
प्रतियोगितामा समाजका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गरेका १७ जना विवाहित महिलाहरुले भाग लिएका थिए। विभिन्न क्षेत्रमा भिन्दै परिचय बनाइसकेका प्रतियोगिहरुले प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएका थिए।
स्टेजमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मायाबी’का अभिनेता समिम खान, अभिनेत्री दीपिका प्रसाई तथा निर्माता ध्रुव न्यौपाने प्रस्तुत भएर फिल्मको गीत तथा ट्रेलर प्रदर्शन गर्दै उपस्थित दर्शकलाई फिल्मबारे जानकारी गराए। त्यसपछि हाउस अफ फेसन मोडल रनवेअन्तर्गत कोरियन ब्यूटी प्वाइन्टका उत्पादनहरु प्रदर्शन गरियो।
मिसेस भोग नेपाल २०२५ मा सुमी मल्ल, सरिता डंगोल, रुथ सिवाकोटी, रेनु सुर्खेती, मोनिका नापित, इन्दिरा बस्नेत, जयत्री तामाङ, रञ्जना बम, ज्योती कार्की, अर्चना चौधरी, कोरोना घिमिरे रञ्जित, प्रिया खड्गी, शर्मिला गिरी, बिनिसा थापा, स्वेता बज्राचार्य, सीमा भूर्तेल तथा सञ्जु श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए।
Shares

प्रतिक्रिया