प्रतिष्ठित ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कवितासंग्रहहरूको आह्वान गरेको छ। यस पुरस्कारले युवा कविहरूलाई प्रोत्साहन गर्ने र नेपाली साहित्यको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने उद्देश्य राखेको छ।
गुरुकुल एजुकेसन फाउन्डेसन अन्तर्गत नेपाल कलेज अफ म्यानेजमेन्टले पुरस्कारका लागि नेपाली भाषामा लेखिएका, आईएसबिएन नम्बर प्राप्त प्रकाशन गृहबाट वा स्वप्रकाशित गद्य तथा पद्य दुवै शैलीका कवितासंग्रहहरू मागेको हो। संग्रह प्रकाशन हुँदा कविको उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने प्रकाशन मिति २०८० फागुन १ देखि २०८१ फागुन १ सम्मको हुनुपर्नेछ सूचनामा बताएको छ।
आवेदनकर्ताले अमन प्रताप अधिकारीको फेसबुक पेजमा रहेको ड्राइभ गुगल फारम डाउनलोड गरेर फारम भरेर ३ प्रति कवितासंग्रह र १ प्रति नागरिकताको प्रमाणित प्रतिलिपिसहितका सम्पूर्ण कागजातहरू नेपाल कलेज अफ म्यानेजमेन्ट, धोबीघाट, ललितपुरमा कुरियर गर्नुपर्नेछ। कवितासंग्रह बुझाउने अन्तिम मिति २०८१ फागुन १५ गते तोकिएको छ।
विजेता कविले नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन। २०८१ चैत २५ गते धोबीघाट, ललितपुरमा पुरस्कार घोषणा समारोह आयोजना गरिनेछ। युवा कविहरूलाई यस अवसरको भरपुर उपयोग गरी आफ्नो प्रतिभा प्रदर्शन गर्न नेपाल कलेज अफ म्यानेजमेन्टले आह्वान गरेको छ।
Shares

प्रतिक्रिया