चैत ८ गते रिलिज हुने फिल्म ‘११ः५५ डु नट ट्रस्ट एनिवान’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ।
बुधबार सिनेमाका ५ मुख्य कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो।
फिल्मका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, एमएस अग्रज र डेब्यु अभिनेता सागर खनालको सार्वजनिक लुक्स सार्वजनिक गरिएको हो।
क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन्। यो उनको डेब्यु निर्देशन गरेको फिल्म हो।
सिनेमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले लेखेका हुन्।
विचित्र फिल्मस् र गुड जब आट्र्सको ब्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ।
फिल्ममा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन्।
सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन्। सिनेमा वितरण कुबेर सिने डिस्ट्रिब्युसन प्रालिले गर्नेछ।
Shares

प्रतिक्रिया