असार २१ गते शनिबार काठमाडौंमा बि–ब्वाई सिटी नेपाल हुने भएको छ। नेपाल हिपहप फाउन्सन, गोविन्द एजुकेसनको आयोजनामा बि–ब्वाई सिटी नेपाल हुन लागेको संयोजक दीपेश थापाले जानकारी दिए।
बि–ब्वाई हिपहपको एउटा पाटोहो । हिपहप प्रचलनमा आएको एक दशक हुन लागिसकेको छ। २०२४ को ओलम्पिकमा हिपहपलाई छुट्टै खेलको रूपमा राखिने हुँदा त्यसकै तयारी स्वरुप प्रतिस्पर्धात्मक खेल गराउन लागेको थापाले बताए।
लुकेर रहेका बि–ब्वाई प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन प्रतियोगिता गर्न लागेको आयोजकको भनाई छ। बि–ब्वाई सिटीमा उपाधि जित्ने समूहले नेपालको प्रतिनिधित्व गर्दै एसियन क्वालिफायरका लागि ताइवान जाने अवसर पाउनेछ।
प्रतिस्पर्धा पाँचवटा क्याटागोरी प्रतिस्पर्धा हुनेछ। चीनका एलेक्स, नेपालका प्रिन्स कानेकी, भारतका सान, थाइल्यान्डबाट डिजे जेक्स निर्णायकका रूपमा रहनेछन्।
कार्यक्रम उद्घाटन सत्रमा एसियाका विभिन्न देशका प्रतिनिधिसमेत आउँदै छन्।
Shares

प्रतिक्रिया