कला


अदालतमा एलिना- श्रीमान्‌को अंश चाहिँदैन, सँगै बस्न नसकिने भयो

अदालतमा एलिना- श्रीमान्‌को अंश चाहिँदैन, सँगै बस्न नसकिने भयो

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १८:२५, काठमाडौँ

गत वैशाखमा मात्र बाग्लुङका विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी गायिका एलिना चौहान पतिसँग सँगै बस्न नसक्ने अवस्थामा पुगेको भन्दै सम्बन्ध विच्छेदका लागि अदालतमा फिराद दिन पुगेकी छन्।

अस्ट्रेलिया बस्ने सापकोटासँग विवाह गरेपछि एलिना पनि अस्ट्रेलिया नै पुगेकी थिइन्। सुरूका केही दिन उनले सामाजिक सञ्जालमा रोमान्टिक तस्बिर तथा अनुभूतिहरू पोस्ट गरिरहेकी थिइन्। पछि गएर भने श्रीमानबाट पीडित हुन थालेको गुनासो गर्न थालेकी थिइन्।

काठमाडौँ जिल्ला अदालतमा दायर फिरादपत्रमा उनले पतिबाट कुनै अंश दाबी नगर्ने र आफूसँग भएको गरगहना तथा धनसम्पत्ति पनि नदिने उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, ‘विपक्षीबाट अंश तथा माना चामल कुनै नलिने र मैले पनि विपक्षीलाई मसँग रहे भएको गरगहना, धनसम्पत्ति नदिने गरी विपक्षीसँगको पतिपत्नीको सम्बन्ध विच्छेद गरीपाऊँ।’

सुरूमा मायाप्रेममा रहेका कारण वैवाहिक सम्बन्धमा बाँधिए पनि पछि गएर श्रीमानले शंका-उपशंका गर्न थालेको गुनासो एलिनाले गरेकी छन्।

‘म कलाकारिताका क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका–उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्‍याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो,’ फिरादमा उनले अगाडि लेखेकी छन्, ‘त्यस्तैमा तीन महिनाको (अस्ट्रेलिया) बसाइपछि म नेपाल फर्किएँ। नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रमहरूमा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका–उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने देखी भावनात्मक रूपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रूपमा मात्र रहेको पतिपत्नीको सम्बन्धमा रहनु बस्नुभन्दा स्वतन्त्र भै आआफ्नो जीवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिइ सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु।’

उनको फिराद जिकिरको पूरा व्यहोरा यस्तो छ-
विपक्षी पति विष्णु सापकोटा र म फिरादीका बीच २०८१।०१।०५ गते मायाप्रेममा रहेकोमा सोही आधारमा सामाजिक परम्पराअनुसार विवाह भएको हो। हामी दुईबीचको वैवाहिक सम्बन्धबाट कुनै जायजन्म भएको छैन र म गर्भवती पनि छैन।

म फिरादी र विपक्षी प्रतिवादीबीच विवाह भएको एक महिनापछि अस्ट्रेलिया गएका थियौँ। अस्ट्रेलिया गएपछिका सुरुका केही दिनसम्म हामी दुईबीचको सम्बन्ध ठीकै राम्रै चलिरहेको थियो। निजका विरुद्ध मैले नेपाल तथा विदेशमा यसबाहेक कुनै निवेदन दिएकी छैन।

म कलाकारिताका क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका–उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्‍याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो।

त्यस्तैमा तीन महिनाको बसाइपछि म नेपाल फर्किएँ। नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रमहरूमा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका–उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने देखी म फिरादी र विपक्षी पतिबीच भावनात्मक रूपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रूपमा मात्र रहेको पतिपत्नीको सम्बन्धमा रहनु बस्नुभन्दा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ९५ (ग) का आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भै आ-आफ्नो जीवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिइ सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु। विपक्षीलाई यस सम्मानित अदालतमा झिकाई जे जो प्रमाण बुझ्नुपर्छ, बुझी हामीबीच कायम रहेको पतिपत्नीको नाता सम्बन्ध विच्छेद गराई पाऊँ।

अतः विपक्षी पतिको उल्लिखित व्यवहारले मलाई मानसिक कष्ट हुने काम भएको हुँदा मुलुकी देवानी संहिता, २०७४ को दफा ९५ को देहाय (ग) र ऐ. संहिताको दफा ९९, १०० र १०१ नं. मा व्यवस्था भएबमोजिम विपक्षीबाट अंश तथा माना चामल कुनै नलिने र मैले पनि विपक्षीलाई मसँग रहे भएको गरगहना, धनसम्पत्ति नदिने गरी विपक्षीसँगको पतिपत्नीको सम्बन्ध विच्छेद गरीपाऊँ।

यो फिरादपत्र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ दफा १८, १९ र न्याय प्रशासन २०७३ को दफा ७ बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्र पर्दछ।

यो फिरादपत्र मुलुकी देवानी संहिता, २०७४ दफा१०४ को हदम्यादभित्र रहेको छ।

प्रस्तुत विषयमा अन्यत्र निवेदन गरेको छैन।

प्रतिवादीलाई अदालतबाट म्याद तामेल गर्ने व्यवस्था गरी पाउँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad