कला


सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनीका लागि १४ वटा नाटक छनोट

सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनीका लागि १४ वटा नाटक छनोट

नेपालखबर
माघ ९, २०८१ बुधबार २०:४२, काठमाडौँ

सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट भएका छन्। उक्त प्रदर्शनीमा दर्ता भएका दुई दर्जन नाटकमध्येबाट महोत्सवमा अन्तिम मञ्चनका लागि १४ वटा छनोट भएका हुन्।

प्रतियोगितामा सहभागी दुई दर्जन बढी नाटकमध्येबाट १४ वटा छनोट गरिएको बताउँदै महोत्सव संयोजक सविन न्यौपानेले दर्ता भएका सबै सहभागी नाटकलाई धन्यवाद दिए।

उनले प्रतियोगी तथा अप्रतियोगी नाटकको वर्गीकरण गरिएको सूचनासहित महोत्सव तालिका आगामी माघ २२ गतेभित्र प्रकाशन गरिने जानकारी दिए। संयोजक न्यौपानेका अनुसार महोत्सवमा होलि एञ्जल्स पब्लिक स्कुलको ‘तारेभिर’, सनसाइन इङ्गलिस बोर्डिङ स्कुलको ‘स्याडो’, आकाशगङ्गा इन्टरनेसनल स्कुलको ‘रक्त पासो’, दर्शना स्कुलको ‘को चोर’, हिले माध्यमिक विद्यालयको ‘अभागी आरन’, भेलोसिटी स्कुलको ‘तुलसी’, समृद्धि स्कुलको ‘देउकी’ र ‘द अलकेमिष्ट’, मृगशिरा वोल्र्ड स्कुलको ‘लौरो’, काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलको ‘खेल्ने बेला’, युनाइटेड युनिभर्सल स्कुलको ‘पढ्न त मन लाग्छ’, पिक प्वाइन्ट एजुकेसन नेटवर्कको ‘यशस्वी भवः’, वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयको ‘रमेशको आशाको त्यान्द्रो राजु’ र शैली थिएटरको प्रस्तुत एउटा नाटक छनोट भएका हुन्।

महोत्सवमा प्रदर्शन हुने बाल लघु चलचित्रहरूका लागि अर्को सूचना प्रकाशन गरिने आयोजक संस्थाले जनाएको छ। फाल्गुन १ गतेदेखि सुरु भएर फाल्गुन ७ गते रातोपुलस्थित शैली थिएटर तथा कमलपोखरीस्थित रुसी सदन (रुसी सांस्कृति तथा विज्ञान केन्द्र) मा १६औँ राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी हुनेछ।

महोत्सवमा सहभागी प्रतियोगी नाटकलाई सात वटा विधामा विशेष पुरस्कार प्रदान गरिनेछ भने अप्रतियोगी नाटकलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad