‘देश छोड्नेको लर्को’, ‘हिरुलाल’ जस्ता सिर्जनाका सर्जक रतन देवकोटाले नयाँ गीत ल्याएका छन्। उनले ‘जदौ हजुर’ बोलको गीत मार्फत कर्णालीको दुःखलाई भिन्न तरिकाले प्रस्तुत गरेका छन्।
गीतमा शब्दसहित संगित र स्वर देवकोटाकै रहेको छ। गीतको भिडिओमा रतनसहित मिलन कार्की लगायतको अभिनय छ। भिडिओको कन्सेप्ट र निर्देशन देवकोटा स्वयंले गरेका छन्।
गीतबारे रतन भन्छन, ‘कर्णालीको पीडा, संघर्ष, र आशालाई हुड्केको भाकामा पस्किएको गीत, जहाँ भोक, विभेद, र बसाइसराइँका कथा गुँथिएका छन्। यो गीत न्याय, एकता, र परिवर्तनको लागि कर्णालीको मौन पुकार हो।’
सौरभ लामिछनेको डिओपी रहेको भिडिओको सम्पादन र सिनेम्याटोग्राफी सुशील खनालले सम्हालेका छन्।
189
Shares

प्रतिक्रिया