चर्चित भारतीय रियालिटी शो ‘बिग बोस सिजन १८’ को उपाधि अभिनेता करणवीर मेहराले जितेका छन्। आइतबार भएको फिनालेमा विवियन डिसेनालाई पछि पार्दै करण विजेता घोषित भएका हुन्।
उनले ट्रफीसहित ५० लाख भारतीय रुपैयाँ हात पारे। करणले यसअघि पनि ‘खतरों के खिलाडी १४’ को उपाधि जितिसकेका थिए।
दिल्लीमा जन्मेका करणले टिभी शो, वेब सिरिज र फिल्ममा समेत काम गरेका छन्। सन् २००५ बाट टिभी शो ‘रिमिक्स’ बाट करिअर सुरु गरेका थिए।
पवित्र रिश्ता जस्ता चर्चित सिरियलमा देखिएका उनले रागिनी एमएमएस २, द्रोणा, आगे से राइट, मेरे ड्याडीकी मारूति, बदमाशिया जस्ता फिल्ममा काम गरेका छन्।
363
Shares

प्रतिक्रिया