कला


तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव चैत ६ देखि, निर्देशकमा दयाहाङ राई

तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव चैत ६ देखि, निर्देशकमा दयाहाङ राई

नेपालखबर
माघ ४, २०८१ शुक्रबार १६:५५, काठमाडौँ

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण चैत ६ गतेदेखि हुने भएको छ। मण्डला थिएटरको आयोजनामा हुने निटफेस्ट २०२५ विश्व रङ्गमञ्च दिवसको दिन (मार्च २७) चैत १४ गतेसम्म चल्नेछ।

नौं दिनसम्म चल्ने तेस्रो निटफेस्टको नारा ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ भन्ने रहेको छ। स्मरण रहोस् सन् २०२२ मा भएको दोस्रो संस्करण ‘विविधताको उत्सव’ भन्ने अवधारणामा सम्पन्न भएको थियो।

आयोजकका अनुसार तेस्रो संस्करणमा निटफेस्टले महोत्सव निर्देशकका रुपमा रङ्गकर्मी, निर्देशक, कलाकार दयाहाङ राईलाई लिएको छ। मण्डला थिएटर नेपाल तथा निटफेस्ट संयोजन समूहले कलाकार दयाहाङ राईलाई महोत्सव निर्देशकको रुपमा निश्चित गरेको हो। साथै महोत्सव संयोजकको रुपमा रङ्गकर्मी केदार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

यसपटकको निटफेस्ट काठमाडौंको मण्डला थिएटर सँगसँगै काठमाडौंबाहिर पनि विभिन्न सहरमा हुनेगरी तयारी भइरहेको छ। महोत्सवका लागि गत जुनमा नाटक तथा कार्यक्रमको आवेदन आह्वान गरिएको थियो।

प्राप्त आवेदनहरुबाट नाटक तथा कार्यक्रम छनौट कार्य  सकिएको र निटफेस्टको विस्तृत नाटक तथा कार्यक्रम तालिका छिट्टै सार्वजनिक गरिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad