कला


बाबुले खुलाए सलमान अविवाहित हुनुको कारण

बाबुले खुलाए सलमान अविवाहित हुनुको कारण

नेपालखबर
पुस २६, २०८१ शुक्रबार १४:४८, काठमाडौँ

बलिउड अभिनेता सलमान खानका बुवा सलिम खानको एउटा पुरानो भिडिओ अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। जसमा उनले आफ्ना छोरा सलमानले बिहे नगर्नुको कारण खुलाएका छन्।

सलिमका अनुसार सलमान प्राय: फिल्मका हिरोइन मन पराउँछन्। अनि जब अभिनेत्रीसँग सम्बन्धमा हुन्छन्, तब उनी उनीहरूमा आमाका गुण देख्न थाल्छन्। र, आमाजस्तै होस् भन्ने चाहन्छन्।

सलिम थप्छन्, ‘मलाई लाग्छ- सलमानले करिअर-उन्मुख महिलाले आफ्नो करिअर छाडेर घरको हेरचाह गर्ने अपेक्षा राख्नु गलत हो। उसको जीवनमा आउने महिला आफ्नी आमाले जस्तै घर र बच्चाहरूको हेरचाह गरून् भन्ने चाहन्छन्। तर मलाई लाग्छ- अहिलेको समयमा यो हुन धेरै गाह्रो छ। काम गर्ने अभिनेत्रीले बच्चाहरूलाई स्कुल लैजाने, उनीहरूको गृहकार्यमा मद्दत गर्ने र खाजा बनाउनेजस्ता काम गर्न सक्दैनन्।’

अविवाहित सलमानले बारम्बार बिहेको प्रश्नको सामना गर्नुपरिरहेको छ। यसबीच सलमानको नाम धेरै अभिनेत्रीसँग जोडिए। ऐश्वर्या रायदेखि कट्रिना कैफ, सोमी अली र संगीता बिजलानीसम्म।

सलमान छिट्टै फिल्म ‘सिकन्दर’ मा देखिनेछन्। फिल्ममा उनीसँगै रश्मिका मन्दना पनि मुख्य भूमिकामा देखिनेछिन्।

यो फिल्म सन् २०२५ इदको अवसरमा रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad