आज नेपाली सिनेमा हलमा एक स्वदेशी र एक विदेशी फिल्म प्रदर्शन भएका छन्। नेपाली फिल्म ‘कार्साङ’ र भारतीय फिल्म ‘गेम चेन्जर’ हलमा लागेका हुन्।
हलमा सुखद शो पाएको ‘कार्साङ’मा दयाहाङ राई मुख्य भूमिकामा छन्।
यम शेर्पाको लेखन र निर्देशनमा बनेको फिल्ममा दयाहाङसहित जितु नेपाल, दीया मास्के, सिर्जना निङ्लेखु, बुद्धि तामाङ, रविन्द्र झा लगायतको अभिनय छ। यो फिल्म शेर्पा समुदायको कथावस्तुमा आधारित छ।
त्यसैगरि, ‘गेम चेन्जर’ दक्षिण भारतीय स्टार रामचरण र कियारा आडवाणी मुख्य भूमिकामा छन्। एक्सन ड्रामा यस फिल्ममा एस।शंकरको निर्देशन रहेको छ।
सुधार ल्याउन कटिबद्ध, उनले व्यापक परिवर्तनहरू सुरु गर्छन्, एक शक्तिशाली राज्य मन्त्रीसँग भयंकर द्वन्द्व सुरु भएको कथावस्तु फिल्ममा छ।
Shares

प्रतिक्रिया