राजनीति


यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

नेपालखबर
पुस २६, २०८१ शुक्रबार १२:३०, काठमाडौँ

सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन बोल्दै नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिए।

उनले मन्त्रिपपरिषद् बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षकहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गर्ने निर्णयसमेत गरेको बताए।

उनका अनुसार, २०८१ फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृत दिने निर्णय भएको छ। यस्तै, सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी काजमा खटाउने निर्णय भएको छ।

पुस २६ र २७ गते काठमाडौंमा हुने नेपाल-भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा हुन वार्ता तथा छलफलको कार्यसूची स्वीकृत गरी बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ।

२०८१ माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने वर्कसप अन इन्हान्सिङ एसआई–सिएसओ इंगेजमेन्ट इन द एएसओएसएआई रिलिजन कार्यक्रममा सहभागी हुन उपमहालेखापरक्षक वामदेव शर्मा अधिकारीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको पनि गुरुङले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad