मराठी अभिनेत्री उर्मिला कोठारीको कारले ठक्कर दिँदा एक मजदुरको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार नायिका उर्मिला काम सकेर घर फर्कंदै गर्दा उनी सवार कार पोइसर मेट्रो स्टेसननजिकै दुर्घटना भएको हो।
तीव्र गतिमा गुडिरहेको गाडी चालकले नियन्त्रण गर्न नसक्दा त्यहाँ काम गरिरहेका दुई मेट्रो कर्मचारीलाई ठक्कर दिएको हो। प्रहरीका अनुसार दुवै कामदार राति अबेरसम्म मेट्रोसम्बन्धी काममा व्यस्त थिए।
दुर्घटनामा अभिनेत्री उर्मिला र उनका चालक पनि घाइते भएका छन्।
उर्मिलाले दुनियादारी, गुरु र टाइमपासजस्ता चलचित्रमा काम गरिसकी छन् भने ‘असम्भव’ र ‘मेरा ससुराल’जस्ता टेलिभिजन कार्यक्रममा पनि सहभागिता जनाएकी छन्।
810
Shares

प्रतिक्रिया