कला


किन ज्यान फालिन् आरजे सिमरनले?

किन ज्यान फालिन् आरजे सिमरनले?

फाइल तस्बिर: आरजे सिमरन सिंह, जो बुधबार राति आफ्नै कोठामा मृत फेला परिन्।


नेपालखबर
पुस १२, २०८१ शुक्रबार ८:५६, काठमाडौँ

जम्मु-कस्मिरकी चर्चित इनफ्लुएन्सर तथा रेडियो प्रस्तोता (आरजे) सिमरन सिंह बुधबार राति आफ्नै कोठामा मृत भेटिइन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सिमरन गुरुग्राम सेक्टर ४७ मा रहेको आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। 

सिमरिन सिंह

सूचना पाएलगत्तै प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरेको थियो। प्रहरीले पोस्टमार्टमपछि शव आफन्तलाई बुझाएको छ।

सिमरन मूल रूपमा जम्मुकी थिइन्। उनी साथीसँग गुरुग्राममा भाडाको फ्ल्याटमा बस्थिन्। उनी यसअघि रेडियो प्रस्तोता थिइन्। सिमरनले इन्स्टाग्राममा भिडिओ बनाएर ठूलो संख्यामा फलोअर बनाएकी थिइन्। इन्स्टाग्राममा उनका ६ लाखभन्दा बढी फलोअर्स थिए। सिमरनले स्वतन्त्र कामबाट आफ्नो पहिचान बनाएकी थिइन्।

सिमरनलाई केही समयदेखि समस्या परेकाले सो कदम चालेको परिवारका सदस्यले बताएका छन्। तर यस विषयमा परिवारले न कसैलाई आरोप लगाएको छ न त कसैविरुद्ध उजुरी नै गरेको छ। प्रहरीले सिमरनको फ्ल्याटबाट कुनै सुसाइड नोट फेला पारेको छैन।

घटनाबारे सिमरनको साथीले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी घटनास्थल पुग्दा फ्ल्याटको ढोका भित्रबाट ताला लगाइएको थियो। प्रहरीले अनुसन्धानका क्रममा घटनास्थलबाट कुनै सुसाइड नोट फेला पारेको छैन। सिमरनको शव बिहीबार बिहान पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ।

सिमरनले रेडियोको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएकी थिइन् तर पछि सामाजिक सञ्जालतिर लागिन्। उनको इन्स्टाग्राम अकाउन्टमा धेरै भिडिओ छन्, जसलाई उनका फ्यानले निकै मन पराएका थिए। प्रहरीले यस विषयमा परिवार र साथीभाइसँग सोधपुछ गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad