ग्लोबल


भारतमा पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा सात दिन राष्ट्रिय शोक

अन्तिम संस्कार शनिबार राजकीय सम्मानका साथ
भारतमा पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा सात दिन राष्ट्रिय शोक

फाइल तस्बिर: भारतका मनमोहन सिंह


नेपालखबर
पुस १२, २०८१ शुक्रबार ९:२१, काठमाडौँ

भारत सरकारले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा सातदिने राष्ट्रिय शोकको घोषणा गरेको छ।

९२ वर्षीय सिंहको उपचारका क्रममा दिल्लीस्थित एम्स अस्पतालमा बिहीबार राति निधन भएको हो। 

समाचार एजेन्सी एएनआईका अनुसार उनको निधनमा डिसेम्बर २७ (आज) का सबै सरकारी कार्यक्रम रद्द गरिएका छन्।

उनको अन्तिम संस्कार भने शनिबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ।

अन्त्येष्टिका दिन शनिबार विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ।

केरला सरकारले पनि डिसेम्बर २६ देखि जनवरी १ सम्म राज्यमा सात दिने राजकीय शोकको घोषणा गरेको छ। प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ ।

कर्नाटक सरकारले पनि डिसेम्बर २७ मा सात दिने राजकीय शोक र सार्वजनिक बिदाको घोषणा गरेको छ।

उनको निधनमा भारतका प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी दलका नेता लगायत धेरै नेताहरूले शोक व्यक्त गरेका छन्।

मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा भएको थियो।

पञ्जाब विश्वविद्यालयमा भर्ना भएपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर गरे र त्यसपछि अक्सफोर्डबाट पीएचडी गरे।

भारतको आर्थिक उदारीकरणका ‘आर्किटेक्ट’

दुई कार्यकाल प्रधानमन्त्री रहेका सिंहलाई पदमा रहुञ्जेल जहिले पनि सोनिया गान्धीको ‘छाया’का रुपमा चित्रित गरियो। तर, पदबाट हटेपछि भने उनलाई ‘अन्डररेटेड’ प्रधानमन्त्री भन्नेहरूको संख्या ह्वात्तै बढेको छ।

सिंह सन् १९९१ मा अर्थमन्त्री बनेका थिए। उनी भारतको आर्थिक सुधारका रचयिता मानिन्छन्। आफ्नो कार्यकालमा उनले भारतको अर्थतन्त्रलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि खुला गरे। टाट पल्टाइको सँघारमा रहेको अर्थतन्त्रलाई विश्वकै ठूलोमध्येको एक बनाउने श्रेय पनि उनैलाई दिइन्छ।

सन् २००४ मा प्रधानमन्त्री बनेका सिंह दुई कार्यकाल सो पदमा रहे। पछिल्लो पटक उनको सरकार भ्रष्टाचार काण्ड, महँगी र भयानक आतंकवादी हमलाको चपेटामा पर्‍यो। 

उसो त उनी प्रधानमन्त्री अपेक्षा सायदै कसैले गरेको थियो। सोनिया गान्धी प्रधानमन्त्री बन्ने आकलनको माझ गान्धीले नै सिंहको नाम घोषणा गरेकी थिइन्। त्यसैले कतिपयले उनलाई ‘एक्सिडेन्टल प्राइममिनिस्टर’ भन्ने गरेका छन्।

३३ वर्ष राज्य सभा सदस्य रहेका उनी कहिल्यै प्रत्यक्ष चुनिएनन्। जसका कारण अन्य नेताले जस्तो लोकप्रिय वैधताको उनलाई सधैँ अभाव रह्यो।

त्यसमाथि लजालु स्वभाव र बिस्तारै बोल्ने बानीले कमजोर नेताको छवि बन्यो। तर, गठबन्धन सरकारको नेतृत्व गरेर पनि उनले विदेशी लगानी खोल्ने र अमेरिकासँग आणविक सम्झौता गर्नेजस्ता कठिन निर्णयमा दृढता देखाए।

१९३२ मा हाल ब्रिटिस भारतको हाल पाकिस्तानमा पर्ने पञ्जाबमा जन्मिएका उनी उर्दु माध्यमको स्कुलमा पढेका थिए। विभाजनपछि उनको परिवार राजस्थान सर्‍यो। 

अक्सफोर्डबाट अर्थशास्त्रमा डक्टरेट गरेर फर्केपछि उनले भारतमा प्राध्यापन र विभिन्न मन्त्रालय तथा आयोगमा रहेर काम गरे।

१९९० मा प्रधानमन्त्री चन्द्रशेखरको सल्लाहकार रहेका उनलाई पीभी नरसिंह रावले अर्थमन्त्री बनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad