दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘दु:खी आत्मा’को जापान वितरण अधिकार बिक्री भएको छ। दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्मलाई जापानमा यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो।
यूएनएका प्रमुख उज्ज्वल गुरागाँइले ‘दुखी आत्मा’को जापानमा उच्च माग भएकाले खरिद गरेको बताए। निर्माण टिमले कती रकममा फिल्मको अधिकार विक्री गरेको हो भन्ने बिषयमा खुलाएको छैन।
क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। फिल्मको अन्य देशबाट पनि माग भइरहेको निर्माणपक्षले जनाएको छ । केही दिनमै अधिकांश देशमा फिल्म विक्री भइसक्ने निर्माता कडरियाले जानकारी दिए।
यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मा लगायतका कलाकारहरुको अभिनय छ।
नेपालमा फागुन २ गतेबाट रिलिजमा आउन लागेको फिल्मलाई जापानमा पनि सोही मितिमा रिलिज गरिने यूएनएले जनाएको छ। सुदिप ढकाल कार्यकारी निर्माता रहेको हिमाल कडरियाको लगानी छ।
Shares

प्रतिक्रिया