छायांकन भइरहेको फिल्म ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय गरिएको छ। यो फिल्म चैतको २९ गतेदेखि रिलिज हुने भएको हो।
फिल्मको वितरण कम्पनी र निर्माताबीच सल्लाह गरेर प्रदर्शन मिति तोकिएको हो।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मबाट नायक राजेश हमाल फिल्म क्षेत्रमा कमब्याक गर्दै छन्।
यसैले पनि यो फिल्म घोषणा भएसँगै प्रतीक्षामा छ।
यस फिल्ममा राजेशसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय छ। फिल्ममा नेम महर्जन, दीपक शर्मा ढकाल, ध्रुव न्यौपाने र नरेन्द्र महर्जनको लगानी छ। फिल्ममा नीर शाह, सरोज खनाल, राजीव मानन्धर, सुशान्त श्रेष्ठ, उषा खड्गी, राजीवजंग बस्नेत, प्रकाश कुँवर, अमित गिरी, रमेश सोडारी, सरोज शाह, अमित श्रेष्ठलगायत कलाकारले पनि अभिनय गरेका छन्।
८ वर्षपछि फिल्म क्षेत्रमा फर्किन लागेका नायक राजेश हमालको भूमिकाले दर्शकलाई उत्साहित बनाएको छ। फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभरका हलमा वितरण गर्दै छन्।
Shares

प्रतिक्रिया