दक्षिण भारतीय फिल्मका सुपरस्टार महेशबाबुले कोरोना भाइरस (कोभिड १९) बाट बच्नका लागि आफ्ना प्रशंसक र शुभचिन्तकहरुलाई सुझाब दिएका छन्।
कोरोनाको रोकथाम र नियन्त्रणका लागि उनले अत्यावश्यक कामबाहेक सबैलाई घरमा बस्न, सार्वजनिक ठाउँमा नजानुहोस् र अरुको सुरक्षालाई प्राथमिकता दिन अपिल गरेका हुन्।
‘सार्वजनिक स्थानबाट टाढा रहनु यो समयको माग हो। यो कठिन घडी हो र हामीलाई यस्तो गर्न जरुरी पनि छ’, सामाजिक सञ्जाल इन्स्टाग्राममा यी अभिनेताले भनेका छन्, ‘यो समय तपाईंको सार्वजनिक जीवन त्याग गर्न र बाँकीको सुरक्षालाई प्राथमिकता दिने समय हो, सकेसम्म घरमा बस्नुहोस् र आफ्ना प्रियजनहरू र परिवारसँग समय बिताउनुहोस्। यसले भाइरस फैलाउँदैन र धेरैको जीवन बचाउँछ।’
यसका साथै उनले सर्वसाधारणलाई पटक-पटक हात धुन, मास्क र सेनिटाइनरको प्रयोग गर्न आग्रह गरेका छन्।
View this post on InstagramA post shared by Mahesh Babu (@urstrulymahesh) on
‘तपाईं आफ्ना हातहरू बारम्बार धुनुहोस् र वातावरण सफा राख्नुहोस्। सेनिटाइजरको प्रयोग धेरै मात्रामा गर्नुहोस्, यदि तपाईंलाई आफू बिरामी भएको जस्तो लाग्छ भने ठीक नहोउन्जेल मास्कको प्रयोग गर्नुहोस्’, उनले सुझावमा भनेका छन्, ‘त्यसपछि सबै महत्त्वपूर्ण कुराहरू विचार गर्नुहोस्। हामी सबै एकजुट भएका छौं र यसलाई एकसाथ सामना गर्ने छौं। हामीसबै मिलेर कोरोना भाइरसलाई हराऔं, सुरक्षित रहौं।’
भारतमा अहिलेसम्म कोरोनाको संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ भने १४७ जना संक्रमित रहेका छन्। यो भाइरसका कारण भारतीय सिने क्षेत्र पनि थप्प छ भने कलाकारहरु घरमै कैद छन्।

प्रतिक्रिया