कृषि मन्त्री घनश्याम भूसालले दलालहरुलाई किनारा लगाउन कृषि मन्त्रालयले नयाँ कार्यनीति ल्याएको बताएका छन्।
कृषि क्षेत्रमा दलालहरु छ्यापछ्याप्ती भएकै कारण नयाँ कार्यक्रम ल्याउनु परेको उनले बताए।
‘धादिङमा एकजना किसानले १० रुपैयाँमा बेच्ने तरकारी काठमाडौंमा १५०÷१९० सम्म पर्छ,’ उनले बुधबार मन्त्रालयका नयाँ कार्यक्रम पत्रकार सम्मेलनमार्फत् घोषणा गर्दै भने। ‘यो बीचमा दलालहरुको तरेली छ। त्यसलाई किनारा लगाउन यी कार्यक्रम ल्याइएको हो।’
अहिले किसानले पनि आफ्नो उत्पादनको उचित मूल्य नपाएको र उपभोक्ता पनि महंगीमा परेको उनले बताए।
‘दलाल पूँजीवाद अन्यत्र मात्र हैन, कृषि क्षेत्रमा पनि छ्याप छ्याप्ती छ, त्यसैले यो कार्यक्रम ल्याइएको हो,’ उनले भने।

प्रतिक्रिया