अमेरिकन पपस्टार बियोन्से २१ औं शताब्दीकै सबैभन्दा महान पपस्टार घोषित भएकी छिन्।
विश्वसंगीतको चर्चित म्यागेजिन बिलबोर्डले उनलाई यो उपाधि दिएको हो।
दोस्रो स्थानमा भने टेलर स्विफ्टको नाम छ। तेस्रोमा रिहाना, चौंथोमा ड्रेक, पाँचौंमा लेडी गाना र छैटौंमा ब्रिट्नी स्पियर्स रहेका छन्। कान्ये वेस्ट सातौं स्थानमा हुँदा जस्टिन बिबर आठौंमा, नवौंमा एरियाना ग्रान्डे र दशमा एडेल रहेका छन्। शीर्ष २५ सम्मका कलाकारहरुको नाम सूचीमा रहेको छ।
सूचीमा भएका पपस्टारले २५ वर्षयताको पपसंगीतलाई परिभाषित गर्ने बिलबोर्ड म्यागेजिनमा उल्लेख छ।
‘बियोन्सेले हाम्रो सूचीमा शीर्ष स्थान कब्जा गर्नुका कारणहरू अनगिन्ती थिए। उनको २५ वर्षका कालजयी एल्बम र एकलदेखि लिएर, कलाकार तथा संगीतकर्मीको रुपमा उनले संगीत उद्योग र अन्य कलाकारमा प्रभाव छाडेकी छन्,’लेखिएको छ।
गत महिना, बियोन्सेले ग्रामी अवार्डमा आफ्नो एल्बम ‘काउब्वाय कार्टर’ को लागि ११ विधामा मनोनयनमा परेकी छिन्। यो मनोनयनसँगै बियोन्से सर्वाधिक ग्रामी मनोनयन हुने संगीतकर्मी बनेकी छिन्।
Shares

प्रतिक्रिया