उनको दर्जनौं ट्रोलहरु बनेका छन्। नेहाको अभिव्यक्तिपछि उनका परिवारका सदस्यहरुलाई पनि मानिसहरुले म्यासेजमार्फत् गिज्याउने कार्य गरिरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
केही समय अगाडि सार्वजनिक भएको रोडिजको इपिसोडमा एक युवा प्रतिस्पर्धीले प्रेमिकाले जालझेल गरको थाहा पाएपछि आफूले उनलाई झापड हानेको बताएका थिए।
उक्त भनाइमा नेहाले ती महिलाले कसलाई मनपराउँछ, प्रेम गर्छ त्यो विषय उनको नितान्त व्यक्तिगत विषय भएको बताएकी थिइन््।
नेहाले ती युवालाई झपार्दै महिलामाथि हात उठाउने अधिकार कसैलाई नभएको बताएकी थिइन्।
जब नेहाको यो भनाइ सार्वजनिक भयो तब मानिसहरुले नेहालाई झठो महिलावादी, बकवास महिलाजस्ता उपमा दिन थाले।
मानिसहरुले नेहाको दर्जनौं ट्रोल बनाएका छन्। यसबीचमा नेहाले रोडिजमा दिएको अभिव्यक्तिबारे आफ्नो भनाइ राखेकी छिन्।
रोडिजको जज रहेकी नेहाले आफ्ना भनाइहरुलाई गलत ब्याख्या गरिएको बताउँदै आफू महिलाविरुद्धको हिंसाको पक्षमा भएको बताएकी छिन्।
उनले इन्स्टाग्राममा भनेकी छिन्,‘ती महिला जे गरिन् त्यो उनको नैतिक अधिकार र व्यक्तिगत विषय हो। मैले सम्बन्धमा जालझेललाई प्रश्रय दिन खोजेको होइन, महिलाको सुरक्षाको विषयमा बोलेको हो।’
उनको अभिव्यक्ति सार्वजनिक भएपछि पनि मानिसहरुले उनको आलोचना गर्न छाडेका छैनन्।
मानिसहरुले महिलामाथि हिंसा गर्न नहुने सबैलाई थाहा भएको बताउँदै एक महिलाले ५ वटा प्रेमी बनाउनु गलत भएको बताइरहेका छन्।

Shares

प्रतिक्रिया