साताको पहिलो कारोबार दिन नेप्से सूचक ६४.१४ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जले आजैदेखि परीक्षणका रुपमा कारोबार समय १ घण्टा थप्दै कारोबारमा सुधार आउने दाबी गरे पनि बजारमा पहिलेकै परिमाणमा कारोबार भएको छ।
आज १ सय ७४ कम्पनीको ५५ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएका छन्। दिनभरिमा २४ हजार ४१ पटकको उक्त खरिदबिक्रीमा २ अर्ब १० करोडको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। कारोबारमा संलग्न कुल १२ समूहकै सूचक ओरालो लागेका छन्। सबैभन्दा बढी जीवन बीमा सूचक ६२१.८८ अंकले, निर्जीवन बीमा सूचक ४१६.७३ अंकले घटेका छन्।
याे पनि -
सेयर कारोबारको समय १ घण्टा थप, नेप्से भन्छः कारोबारमा सुधार आउँछ
सर्वाधिक कारोबारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि छ। उसले १७ करोड ३६ लाखको सेयर कारोबार गरेको छ। त्यस्तै एनआईसी एसियाको ११ करोड ४६ लाखको, एनएमबी बैंकको १० करोड ५६ लाखको, शिवम् सिमेन्टको ७ करोड ५७ लाखको, नेपाल बैंकको ६ करोड ८७ लाखको कारोबार भएको छ।
आज कमाउने दर अत्यधिक न्यून हुँदा गुमाउने कम्पनीले १० प्रतिशतसम्म घाटा व्यहोरेका छन्। दुई कम्पनीले १० प्रतिशत, नौ कम्पनीले ९ प्रतिशत हाराहारीमा गुमाएका छन्। त्यस्तै ८ प्रतिशत हाराहारीमा गुमाउने कम्पनीको संख्या १२ छ।
Shares

प्रतिक्रिया