दोस्रोपटक मिर्गौला प्रत्यारोपणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पेटमा राखिएको स्टेन्ट निकालिएको छ।
मिर्गौला प्रत्यारोपण गरिएको १० दिनपछि शुक्रबार प्रधानमन्त्री ओली डिस्चार्ज भएका थिए। आइतबार बिहान १० बजे फलोअपका लागि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको पेटको स्टेन्ट निकालिएको हो।
अस्पतालले मिर्गौला प्रत्यारोपणका क्रममा प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट निकालिएको जनाएको छ। साथै धेरै दौडधुप नगर्न पनि अस्पतालले प्रधानमन्त्री ओलीलाई सुझाब दिएको् जनाएको छ। प्रधानमन्त्री दिउँसो ३ बजेतिर बालुवाटर फर्किएका छन्।
उनी आजै सार्क राष्ट्रका नेताहरुबीच हुने भिडियो कन्फ्रेन्समा सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीको गत फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्।

प्रतिक्रिया