कला


अस्कर कलेजको युवा सर्ट फिल्म प्रतिस्पर्धामा ‘दसैँ आयो’ उत्कृष्ट

अस्कर कलेजको युवा सर्ट फिल्म प्रतिस्पर्धामा ‘दसैँ आयो’ उत्कृष्ट

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १३:४०, काठमाडौँ

शिल्पा केसीद्वारा निर्देशित सर्ट फिल्म ‘दसैँ आयो’ले एक लाख रुपैयाँ नगद पुरस्कार जितेको छ। 

अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) द्वारा आयोजित दोस्रो सर्ट फिल्म प्रतिस्पर्धामा यो फिल्म प्रथम भएको हो। 

प्रतियोगितामा अर्जुन तिरुवाको ‘द ब्रिज’ दोस्रो बन्दा विशाल झाको ‘अन्तिम यात्रा’ ले तृतीय स्थान हासिल गरे। यी दुबै फिल्मले क्रमशस् ५० हजार र २५ हजार पुरस्कार जिते। देवनन्दन मण्डलको ‘पेपर बोन्ड्स’ स्पेसल मेन्सनमा पर्न सफल फिल्म बन्यो। 

पुरस्कार घोषणाअघि प्रतिस्पर्धाको अन्तिम छनोटमा पर्न सफल नौ वटा लघु चलचित्रहरु प्रदर्शन गरिएको थियो। २० वर्षमुनिका उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीहरुलाई ८ देखि १५ मिनेटसम्मका फिल्म पठाउन गत कार्तिक पहिलो सातासम्मको समयसीमा तोकिएको थियो।

कलेजका प्रधानाध्यापक रामराजा दाहालले प्रतियोगिताका लागि २० भन्दा बढी फिल्म प्राप्त भएको र त्यसबाट अन्तिम ९ छनोट गरिएको जानकारी दिए। फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतियोगितालाई निरन्तरता दिइएको उनको भनाइ छ। 

युवा फिल्ममेकरमा विश्वास र लगानी गर्दा फिल्म क्षेत्रमा अर्को पुस्ता तयार हुने उनेको भनाइ छ। कार्यक्रममा सिडिसी सिनेमाका व्यवस्थापक जीवन शाक्य प्रमुख अतिथिको रूपमा सहभागी थिए। 

प्रथम, द्वितीय, तृतीय र  स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad