बलिउड अभिनेत्री कृति सेननले हालै चलचित्र क्षेत्रमा नातावाद (नेपोटिजम) को बारेमा मुख खोलेकी छन्।
नेपोटिजमका कारण उद्योगमा बाहिरीले अवसर पाउन निकै गाह्रो भएको उनको भनाइ छ।
‘उद्योगमा बाहिरीले अवसर पाउन निकै गाह्रो छ’, उनले भनिन्।
यस क्रममा उनले नातावादका लागि फिल्म उद्योग नभई बाहिरी व्यक्तिलाई जिम्मेवार ठहराइन्।
कृति सेननले गोवामा भएको ५५औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा मास्टरक्लासमा भाग लिएकी थिइन्। यस क्रममा उनले नातावादका लागि मिडिया र दर्शक जति जिम्मेवार फिल्म उद्योग नभएको सुनाइन्।
‘मिडियाले स्टार किड्सको बारेमा जेसुकै देखाउँछन्, दर्शकले निकै चासोका साथ हेर्छन्, जसका कारण स्टार किड्समा दर्शकको चासो बढ्यो भने उनीहरुलाई लिएर फिल्म गर्नु राम्रो हुन्छ भन्ने फिल्म क्षेत्रका मानिसहरुलाई लाग्न थाल्छ। मलाई लाग्छ- यो सर्कल हो,’ उनले भनिन्।
फिल्म ब्याकग्राउन्ड नहुँदा कठिनाइ हुने सुनाउँछिन् उनी। उनले भनिन्, ‘जब तपाईं फिल्म इन्डस्ट्रिजको पृष्ठभूमिबाट हुनुहुन्न, तपाईंले धेरै कठिनाइको सामना गर्नुपर्ने हुन्छ। हरेक कुरामा थोरै संघर्ष हुन्छ। तर, मिहिनेत गरे सफलता मिल्नेछ।’
हालै कृति सेनन फिल्म ‘दो पट्टी’मा देखिएकी छन्। जसमा शाहिर शेख र काजोलको पनि महत्त्वपूर्ण भूमिका छ।
कृति सेननले सन् २०१४ मा फिल्म ‘हिरोपन्ती’बाट बलिउडमा डेब्यु गरेकी थिइन्।
Shares

प्रतिक्रिया