बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को ट्रेलर सार्वजनिक भएको छ। करिब ३ मिनेटको यस ट्रेलरमा अल्लु अर्जुनको उग्र अवतार देख्न सकिन्छ।
फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना र फहद फासिल पनि मुख्य भूमिकामा छन्। यस फिल्मको हिन्दीसहित तेलुगु ट्रेलरलाई युट्युवमा निकै भ्युज पाइसकेको छ।
कथा एक संवादबाट सुरु हुन्छ, जहाँ सुनिन्छ ‘यो मान्छे को हो, जसलाई न पैसाको परवाह छ न सत्ताको डर छ। पक्कै पनि गहिरो चोट लागेको छ।’
यसपछि अल्लु अर्जुनको पुष्पाको रूपमा धमाकेदार एन्ट्री हुन्छ, जहाँ उनी भन्छन् ‘पुष्पा।’
नाम साढे दुई अक्षरको सानो भए पनि आवाज निकै ठूलो छ। त्यसपछि पुष्पाको जबरदस्त एक्सन दृश्य ट्रेलरभरि हेर्न पाइन्छ। पुष्पाकी श्रीमती बनेकी रश्मिकाको पनि अल्लुसँग केमेस्ट्री मिलेको छ।
आन्ध्र प्रदेशको पहाडबाट सुरु भई चन्दन तस्करी गरेर राजा बनेका पुष्पाको व्यापार अहिले अन्तर्राष्ट्रिय बजारमा पुगेको कथामा देखाइएको छ। जहाँ उनी स्वदेशी दुष्मनविरुद्ध मात्र नभई विदेशी शत्रुहरु विरुद्ध पनि आफ्नो अधिकारका लागि लडिरहेको देखिन्छ।
फिल्मको ट्रेलरमा दमदार संवादले भरिएको छ। पुष्पा नाम मात्र होइन, पुष्पा भनेको ब्राण्ड हो जस्ता संवादहरुले दर्शकहरुको ध्यान खिँच्छ।
माइथ्री मुभि मेकर्सद्वारा निर्मित यो फिल्म डिसेम्बर ५ मा रिलिज हुँदैछ। सुकुमारको लेखन र निर्देशन रहेको फिल्ममा नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्। त्यसैगरि, फरद फासिल, धनञ्जय, राव रमेश, सुनिल, अजय घोष लगायतको फिल्ममा अभिनय छ।
१७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पाः द राइज’ निकै सफल फिल्म हो। यस फिल्मले विश्वभरबाट ३ सय करोड भारु कमाएको उल्लेख छ।
यो सबैभन्दा धेरै कमाउने तेलुगु फिल्मको सूचीमा यो छैठौं नम्बरमा छ।
Shares

प्रतिक्रिया