ad ad

कला


अचम्मको भाइरससम्बन्धी छोटो फिल्म बन्यो भाइरल (भिडियो)

अचम्मको भाइरससम्बन्धी छोटो फिल्म बन्यो भाइरल (भिडियो)

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार १२:५,

कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिरहेको बेला एउटा अचम्मको भाइरससम्बन्धी छोटो फिल्म भाइरल बनेको छ।

निकै डरलाग्दो दृश्य देखाइएको यो फिल्ममा एक महिलालाई अचम्मको भाइरस संक्रमण भएको र त्यसपछि उसले गरेका केही क्रियाकलापमा आधारित रहेर यो फिल्म बनाइएको छ।

जम्मा ५ मिनेटको यो फिल्ममा सार्वजनिक वाथरुमको डस्बिनमा झरेको मोबाइल खोजिरहेकी एक महिलालाई थाहै नपाई सु्इँ हातमा घोचिन पुग्दछ। आफैँ सुइँ लागेपछि उनी डराउँछिन् र यसका बारे मोवाइलमार्फत विभिन्न वेवसाइटहरुमा खोजी गर्दछिन्। त्यसपछि ती महिलाले आफूलाई एकदमै खतरनाक भाइरस लागेको महसुस गर्छिन्।

उनी यसबाट बच्न प्रयास गर्न थाल्दिछिन्। उनको अवस्था राम्रो हुँदै जानुभन्दा झन् खराब हुँदै जान्छ। सुरुमा हत्केलामा देखिएको यसको संक्रमण पाखुरा, आँखा हुँदै शरीरभरि फैलिन्छ। उनी एकदमै डराउछिन् र बाहिर निस्कन खोज्दछिन्। तर, ढोकै खुल्दैन। पछि आफै ढोबा खुल्छ र उनी बाहिर नस्किन खोज्दछिन्। जतिबेला उनी ढोकामा पुग्दछिन् ठीक त्यतिबेलै ढोकामा उनीको भन्दा बढी संक्रमण भएको पुरुष देखापरेसँगै फिल्मको अन्त्य हुन्छ।

नोभेम्बर २०१८ मा अपलोड गरिएको ‘ट्राइफोबिया’ नामक यो छोटो फिल्मको यसअघि कुनै चर्चा भएको थिएन्। कोरोना भाइरस संक्रमण र यसले ल्याएको नोक्सानी पछि यो फेरि एकपटक सोशल मिडियामा देखापर्‍यो। यतिबेला यो फिल्म सामाजिक सञ्जालमा भाइरल बनेको छ भने हेर्नेको सख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको बताइएको छ। यो फिल्मलाई अहिलेसम्म ६० लाखभन्दा बढीले हेरिसकेका छन्।

कोरोना भाइरसको प्रकोपका कारण बजार, खेल र सिनेमा भएको बेला यसका दर्शक भने वृद्धि हुँदै गएका छन्।

हेराैँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .