ad ad

समाज


सेल्फी खिच्दा नदीमा बेपत्ता भारतीय नागरिकको शव भेटियो

सेल्फी खिच्दा नदीमा बेपत्ता भारतीय नागरिकको शव भेटियो

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार १२:२५,

तमोर नदीको किनारमा उभिएर सेल्फी खिच्ने क्रममा खसेर बेपत्ता भएका भारतीय नागरिकको शव फेला परेको छ।

सात दिनपहिले नदीमा खसेर बेपत्ता भएका २६ वर्षीय विनित शर्माको शव एपीएफ टोलीले शुक्रबार फेला पारेको हो।

नोवेल मेडिकल कलेज विराटनगरमा अध्ययनरत शर्मा फागुन २४ गते किनारमा फोटो खिच्ने क्रममा नदीमा खसेका थिए।

dubera bepatta 2

उनको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेक्वा छिन्ताङ्ग धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सचिन कर्माचार्यको कमाण्डमा तीन जना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त उद्धार टोली खटिएको थियो।

सहिदभूमि गाउँपालिका वडा नं. १ स्थित गोपालपुरमा सशस्त्र प्रहरी सहायक निरीक्षक मनोज श्रेष्ठको कमाण्डमा रहेको टोलीले शव फेला पारेको हो।

त्यस ठाउँमा ती व्यक्तिको शव भेटिएपछि एपीएफ टोलीले डोरी तथा स्टे«चरको सहायताले शवलाई बाहिर निकालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .