विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। यस फिल्मले ११ दिनमा २० करोड ७३ लाख ग्रस कलेक्सन गरेको हो।
बक्सअफिसमा २० करोडको आँकडा पार गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ। आइतबार २ करोड ७५ लाख ग्रस कलेक्सन गरेको छ।
यस फिल्मले प्रदर्शनको दोस्रो शुक्रबार २ करोड ९९ लाख र शनिबार ३ करोड ८९ लाख कमाइ गरेको थियो। शनिबारको व्यापार नेपाली सिनेक्षेत्रमा हालसम्ममै एकदिनको सर्वाधिक कमाइ हो। साथै यस फिल्मले अत्याधिक शो पाउने फिल्मको समेत रेकर्ड कायम गरिसकेको छ।
सारंगी बजाउने व्यक्तिमा आधारित यस फिल्ममा बाबुछोराको कथा छ। यस फिल्ममा विजयसहित बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटाको अभिनय छ।
सरोज पौडेलको कथा र निर्देशन रहेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। सेभेन सिजको प्रस्तुति रहेको यो फिल्म एक करोड ३० लाखमा बनेको हो।
Shares

प्रतिक्रिया